नेपाल बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 04:39:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited का सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सरकारको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका अर्याल भदौ १० गतेको सञ्चालक समितिको बैठकबाट अध्यक्ष पदमा चयन भएका हुन् ।

लगत्तै उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै नेपाल बैंक एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा उभ्याउन सफल हुने विश्वास व्यक्त गरे । 

नव नियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्दै आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय निलम शर्मा ढुंगाना र बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । 

नेपाल बैंकका सञ्चालक समितिका सदस्यहरु दीपेन्द्र विक्रम थापा, सुमन दाहाल, डा.सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराएका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved