नबिल बैंकद्वारा काभ्रेको पाँचखाल र पनौती नगरपालिकासँग समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2021 | 05:01:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले काभ्रे जिल्लाको पांचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ  ।  पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्ँमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ । 

साझेदारीपछि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताए । त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको  दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरेका छन्। साथै उहाँले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याइ नगरपालिकाको विकासमा सहयोग  गर्न सबैलाई आग्रह गरेका छन् ।

पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्ने बताईन् ।

नबिल बैंकले असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । 

बैंकले ग्रामिण क्षेत्रना वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको बैंकले जनाएको छ ।



))))))))))

कृष्ण सुवेदी

प्रमुख संस्थागत संचार बिभाग


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved