तीजको अवसरमा सानिमा बैंकले ल्यायो महिला विशेष योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 05:33:34 PM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंक Sanima Bank Limited ले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जनाएको छ।

यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा रु ५०० सम्मको क्यास ब्याक प्रदान गरिने बैंकले उल्लेख गरेको छ । यसका अतिरिक्त रु. ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिनेछ । बैंकका अनुसार यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको बैंकले जनाएको छ ।

बैंकले देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. मार्फत सेवा प्रवाह गर्दै छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved