सिद्धार्थ बैंकद्वारा आदर्श कन्या निकेतन माविलाई कम्प्युटर हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 06:47:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले ललितपुर नगरपालिका मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई १ थान प्रिन्टर तथा ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको सहयोग बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई प्रदान गरेका हुन् ।

बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त प्रिन्टर तथा कम्प्युटर सेटहरु विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

यस अभियान अन्तगत यस विद्यालयका लगभग ३०० विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको अवसर पु¥याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved