
प्रभु बैंक Prabhu Bank Limited ले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बैंकको बिहिबार साँझ बसेको संचालक समिति बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारी अनुमोदन गर्ने निर्णय गरेको हो ।
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।