एनएमबि बैंकले पायो ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 01:32:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिले सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) संग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय वित्त निगमसंग सम्झौता अन्तर्गत एनएमबि बैंकले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो । 

एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ्ग फाईनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखी ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ । 

 डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्युनिकरण गर्दै सो बाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागी अग्रसर रहेको बैंकले जनाएको छ । “एनएमबि बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडी बढन थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं ।” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।     

बैंकले १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved