नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार पारेर नेपाल बैंकमा भ्रष्ट्राचार, ३ जना विरुद्द मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 03:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैक लिमिटेड मंलगवा शाखा, सर्लाहीको सहायक सहित ३ जना विरुद्द विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले सर्लाही शाखामा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जना उपर ४२ लाख कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।

सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई रु.४२,००,०००।- भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । 

यस्तो छ आयोगले दायर गरेको भ्रष्ट्राचार मुद्दा । 

(क) नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा रु. ४२,००,०००।- को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा रु. ४२,००,०००।- लोकबीर बेताली/पाँच कुमारी जे.भी.का शिबनन्दन पासवानले नगरपालिकाबाट भुक्तानी लिएको देखिएकोले निज सन्तोष बिक्रम शाहले उक्त रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु. रु. ४२,००,०००।- (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन मागदाबी लिइएको छ ।

(ख) लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानले नेपाल बैंक लिमिटेड मलंगवा, सर्लाही शाखाका तत्कालीन सहायक सन्तोष विक्रम शाहसँगको मिलोमतोमा रु. ४२,००,०००।- को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गर्न लगाई उक्त रकम भुक्तानीसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) को कसुर गरेको हुँदा निजहरुउपर बिगो रु. ४२,००,०००।- (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय हुन र उक्त बिगो जफत समेत हुन मागदाबी लिइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved