बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 05:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले फर्निचर वान स्टोरबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । फर्निचर वान स्टोरबाट सामान खरिद गर्दा बैंकको डेबिट कार्ड क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने बताईएको छ ।

सम्झौता पश्चात् ग्राहकले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिदवापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २० प्रतिशतसम्म छुट पाउने छन् । फर्निचर वान स्टोरले डिल्लिबजारबाट आवश्यक फर्निचरहरु बिक्री गर्दै आईरहेको छ ।  

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved