राष्ट्र बैंकले भन्यो 'क्रिप्टोकरेन्सी गैर कानुनी हो, कारोबार गरे कारवाही हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 06:38:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ । नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार प्रयोग माईनिरङ जस्ता  कार्य नगर्न नगराउन राष्ट्र बैंकले आग्रह गरेको हो । विदेशी विनिमय ऐन, २०१९ ले दिएको अधिकार प्रयोग सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय हुने राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved