नेपाल बैंकले ८.०५ प्रतिशतसम्म ब्याज दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 06:58:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले निक्षेपमा आकर्षक व्याजदर प्रदान गरिरहेको छ । बचत खातामा ४.५५ प्रतिशतसम्म र मूद्दति खातामा ८.०५ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ ।

बैंकले गत बर्ष आफ्नो बार्षिक उत्सवका अवसरमा २०७८ कार्तिक ३० गते सम्मको लागि मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, मेरो शेयर र सिआस्वा लगायतका डिजिटल प्रोडक्टहरु निःशूल्क रुपमा प्रदान गर्दै आएको छ ।

नेपालको सवैभन्दा पुरानो बैंक हाल आएर युवाहरुको बैंक बन्न पुगेको छ र उत्कृठ ग्राहक सेवा प्रदान गर्दै व्यवसाय अभिवृद्धि गर्न तल्लिन भएको छ।

तल्लो तहदेखि व्यवस्थापनको उच्च तहसम्म युवा जनशक्ति रहेको बैंक निजि बैंक तथा वित्तीय संस्थाहरुसंगै खरो प्रतिस्पर्धा गर्दै  ग्राहक सेवामा व्यापक परिबर्तन ल्याएको देखिन्छ जसले गर्दा ग्राहकहरुमा रहेको बैंक प्रतिको पुरानो दृष्टिकोण पनि परिबर्तन हुंदै गएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved