नबिल बैंकद्वारा युवा परिषद् र पञ्चेश्वर गाउँपालिकासँग समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 01:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वर गाउँपालिका बैतडीसग“ त्रिपक्षीय समझदारी गरेको छ । 

यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ । 

नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved