सेञ्चुरीको ‘रेमिट प्रिमीयम खाता’, कति दिन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 04:46:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमीयम अकाउण्ट’ को शुभारम्भ गरेको छ । 

१ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुतmानी गरिने बैंकले जनाएको छ । यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढी ब्याज भुतmानीका साथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गराईने छ । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ । 

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकले आफुलाई सहज हुने सेञ्चुरी बैंकको शाखामा गई नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमीयम अकाउण्ट’ खोल्न सक्ने छन् । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।       

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved