सानिमाका ग्राहकले मासिक किस्तामा सामसुङको फोन किन्न पाउने, शून्य प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 03:52:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत मासिक किस्ता (EMI) मा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने भएका छन् । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा (Zero EMI) प्रदान गर्ने सम्झौता भएको ह।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा (Zero EMI) १२ महिना समयावधिको लागि प्रि—बुकिङ्ग गर्न सक्ने छन्। यसका साथै प्रि—बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार भदौ २० गतेबाट प्रि—बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ । प्रि—बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्ने छन् । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइटमा   लगइन गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 



भवदीय,

टंकमणि बराल

प्रमुख निक्षेप व्यवस्थापन (रिटेल)

भाद्र २८, २०७८


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved