वालेटबाट गरिने कारोबारको सीमा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 05:23:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई 'भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७८' जारी गर्दै सीमा बढाएको हो । 

जस अनुसार अब बैंक खाताबाट वालेटमा प्रति कारोबार ५० हजार  र प्रति महिना १० लाखसम्म पठाउन सकिने भएको छ । यस अघि यो सीमा प्रति कारोबार २५ हजार र प्रति महिना ५ लाख थियो । त्यस्तै वालेटबाट अन्य बैंक खातामा प्रति कारोबार ५० हजार र प्रति महिना १० लाखसम्म कारोबार गर्न सकिने भएको छ  ।  यस अघि यो सीमा प्रति कारोबार २५ हजार र प्रति महिना ५ लाख थियो । दुवै अवस्थामा प्रति दिनको कारोबार सीमा भने १ लाख नै रहेको छ ।

एक वालेटबाट अर्को वालेटमा प्रति कारोबार २५ हजार , प्रति दिन कारोबार १ लाख र प्रति महिना कारोबार ५ लाखसम्म पठाउन सकिने ब्यबस्थामा हेरफेर भएको छैन । 

तर राष्ट्र बैंकले वालेटमा ५० हजारसम्म रकम ओभरनाइट राख्न सक्ने ब्यबस्था गरेको छ । यस अघि यो सीमा २५ हजार मात्र थियो । सो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ । संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । 

त्यस्तै स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यु आर कोड उपलब्ध गराउन सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । तर, स्थायी लेखा नम्बर नलिएका दैनिक रु. ५००० (अक्षरेपी पाँच हजार मात्र) सम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति÷खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्टको रुपमा क्यु आर कोड उपलब्ध गराउन सकिने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved