धादिङका व्यवसायीलाई मेगा बैंकले सहुलियतपुर्ण कर्जा प्रदान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 12:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा क्यापिटल मार्केट्स, मेगा बैक, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ । 

मेगा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका तर्फबाट प्रमुख, लघु तथा कृषि कर्जा पुण्य प्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट अध्यक्ष शम्भु कुमार थापा र धादिङ उद्योग वणिज्य संघका तर्फबाट कार्य समिति सदस्य सुमन घरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वणिज्य संघसंग आबद्ध उद्योग व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपुर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपुर्ण कर्जा प्रदान गर्नेछ । 

मेगा क्यापिटलले धादिङ्ग उद्योग वाणिज्य संघ सँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved