बजारमा तरलता अभाव, बिहिबार २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 05:27:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले बिहिबार २० अर्ब रकम प्रणालीमा प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले बिहिबार रिपो मार्फत २० अर्ब रकम बजारमा पठाउन लागेको हो । 

राष्ट्र बैंकले बिहिबार १४ दिने अवधिको रिपो जारी गर्न लागेको हो । बजारमा न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको लागि तरलता  प्रवाह गर्न प्रयोग गर्ने उपकरण नै “रिपो” हो ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत यो रकम बजारमा पठाउने छ । यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुन्छ । बोलकबोलबाट निर्धारण भएको ब्याज दरमा राष्ट्र बैंकले यो रकम बजारमा पठाउछ । राष्ट्र बैंकले १४ दिनको लागि यो रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले यस अघि भदौ २४ मा पनि ३० अर्बको रिपो जारी गरेको थियो।

बैंक तथा वित्तीय संस्थाहरु अहिले तरलता अभावको समस्यासँग जुधी रहेका छन् ।  तरलता अभावकै कारण बैंकहरुले असोज १ गतेबाट निक्षेपको ब्याज बढाउने तयारी गरेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved