बिओकेका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 05:47:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रा. लि. बिच छुट सम्बन्धि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकले एसआरएल डाईग्नोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% सम्म छुट पाउने बैंकएल जनाएको छ । एसआरएल डाईग्नोष्टिकले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । 

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved