सनराइज बैंकले मुद्दती निक्षेपमा १०.०७ प्रतिशतसम्म ब्याज दिने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 16, 2021 | 11:13:41 AM मा प्रकाशित

laxmi bank

सनराइज बैंक Sunrise Bank Limited  ले निक्षेपको ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि पुर्याएको छ । बैंकले मुद्दति निक्षेपको व्याज ९.०७ प्रतिशतदेखि १०.०७ प्रतिशतसम्म कायम गरेको हो ।

बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दती निक्षेपमा ९.१० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपमा ९.६० प्रतिशत र १ भन्दा भन्दा माथिको अवधिको मुद्दती निक्षेपमा  १०.०७ प्रतिशत ब्याज दिने भएको हो । बैंकको नयाँ ब्याजदर असोज १ गतेदेखि लागु हुने छ । 

बजारमा तरलता  अभाव भएपछि अधिकाश बैंकहरुले असोज १ गतेद्केही लागु हुने गरि ब्याजदर बढाएका छन् । सनराइजले भने मुद्दती निक्षेपमा सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved