बैंक वित्तीय सँस्थाले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंक र विकास बैंकको कति ? (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 11:30:14 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय सँस्थाहरुले असोज १ देखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। गत महिनाको तुलनामा सबै बैंकहरुले बचत, मुद्दती तथा कर्जाको ब्याज बढाएका छन्। 

कोरोना भाइरसको दोस्रो लहरको प्रभाव सामान्य भएर आर्थिक गतिबिधि चलायमान हुँदै गर्दा तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेका बिभिन्न नीतिगत व्यवस्थाका कारण कर्जाको मागको तुलनामा निक्षेप अर्थात लगानीयोग्य रकम कम हुँदै गएपछि बैंकहरुले बढेको ब्याजदर सार्वजनिक गरेका हुन्। 

एकातर्फ सरकारले आफ्नो विकास खर्च गर्न नसक्नु र अर्कोतर्फ राजश्व बापतको पैसा सरकारी ढुकुटीमा थुप्रिदा पनि लगानीयोग्य रकम माथि दबाब बढ्न गएको हो। 

चाडपर्व केन्द्रित अर्थतन्त्र भएको नेपालजस्तो देशमा असोज १ देखि नै लागू हुने गरि ब्याजदरमा अचाक्ली वृद्धि हुँदा यसले बिभिन्न क्षेत्रको लागत बढ्न जाने र चाडपर्व महँगो हुने देखिन्छ। 

औषतमा बाणिज्य बैंकहरुले मुद्दतिमा दिने र कर्जामा लिने ब्याजको दर दुई अंकको रहेको छ। २७ वटा कमर्शियल बैंकहरु मध्ये अधिकांश बैंकहरुले बचतमा, मुद्दतिमा तथा कर्जामा उल्लेख्य रुपले ब्याज बढाएका छन्। सनराइज बैकंले बाणिज्य बैंकहरु मध्येमै सबैभन्दा बढी ब्याज बढाएको छ। सनराइजले बचतमा ५ प्रतिशत ब्याज पुर्याएको छ भने मुद्दतीमा १० प्रतिशत र कर्जामा १४ प्रतिशत पुर्याएको छ। 

त्यस्तै विकास बैंकहरुले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। विकास बैंकहरुले बचतमा दिने ब्याजदर पनि बाणिज्य बैंकहरुकिउ हाराहारीमा रहेको छ भने उनीहरुले मुद्दतिआ दिने र कर्जामा लिने ब्याजदर पनि बाणिज्य बैंकहरुकै हाराहारीमा रहेको छ। 

महालक्ष्मी बिकास बैक 

महालक्ष्मी बिकास बैंकले बचतमा न्युनतम ४।३० प्रतिशत र अधिकतम ५।५० प्रतिशत ब्याज तोकेको छ भने मुद्दतिमा व्यक्तिगत र संस्थागततर्फ करिब ९।३० प्रतिशत तोकेको छ। त्यस्तै कर्जामा आधार दर अर्थात बेस रेटमा ७ प्रतिशतसम्म जोड्ने भनेको छ। महालक्ष्मीको बेस रेट ७ प्रतिशत रहेको छ। 

प्राइम कमर्शियल बैंक 

प्राइम कमर्शियल बैकले बचतमा ४।७६ प्रतिशत ब्याज दिने भएको छ भने मुद्दतिमा बढीमा व्यक्तिगत तर्फ ९।२५ र संस्थागत तर्फ ९।७६ प्रतिशत दिने भएको छ। त्यस्तै कर्जामा आधार दर अर्थात बेस रेटमा ६।९९ प्रतिशत जोड्ने भनेको छ। प्राइमको बेस रेट ७।२१ प्रतिशत रहेको छ। 

सानिमा बैंक 

सानिमा बैंकले बचतमा न्युनतम ४।५१ प्रतिशत र अधिकतम ५ प्रतिशत कायम गरेको छ भने मुद्दतिमा व्यक्तिगत ९।६१ र संस्थागत ९।५१ प्रतिशत तोकेको छ। त्यस्तै कर्जामा आधार दरमा ७ प्रतिशतसम्म जोड्ने भनेको छ। सानिमाको बेस रेट ६।१४ प्रतिशत रहेको छ। 

नबिल बैंक 

नबिल बैंकले बचतमा न्युनतम ४।२६ प्रतिशत र अधिकतम ६।२६ प्रतिशत दिने भएको छ भने मुद्दतिमा व्यक्तिगत ८।५१ र संस्थागत ९ प्रतिशत दिने भनेको छ। त्यस्तै कर्जा तर्फ नबिल बैंकले बेस रेटमा ७ प्रतिशतसम्म जोड्ने भनेको छ। नबिलको बेस रेट ५।५२ प्रतिशत रहेको छ। 

सिभिल बैंक 

सिभिल बैंकले बचतमा न्युनतम ४।२५ प्रतिशत र अधिकतम ६।२५ प्रतिशत ब्याज तोकेको छ भने मुद्दतिमा न्युनतम ७।२५ प्रतिशत र अधिकतम ८।५५ प्रतिशत कायम गरेको छ। त्यस्तै कर्जामा सिभिल बैंकले बेस रेटमा ७ प्रतिशतसम्म जोड्ने भनेको छ। सिभिल बैंकको बेस रेट ७।८९ प्रतिशत रहेको छ। 

एनसीसी बैंक 

एनसीसी बैंकले बचतमा न्युनतम ४।२६ र अधिकतम ५ प्रतिशत तोकेको छ भने मुद्दतिमा ९।२६ प्रतिशत तोकेको छ। त्यस्तै कर्जामा बेस्ट रेटमा ५ प्रतिशत जोड्ने भनेको छ। एनसिसिको बेस्ट रेट ७।५७ प्रतिशत रहेको छ। 

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतमा न्युनतम ३।५० र अधिकतम ५ प्रतिशत तोकेको छ भने मुद्दतिमा न्युनतम ७।५० प्रतिशत र बढीमा ८।६० प्रतिशत रहेको छ। त्यस्तै कर्जामा बेस्ट रेटमा ५ प्रतिशतसम्म जोड्ने भनेको छ। कृषिको बेस रेट ७।१३ प्रतिशत रहेको छ।  

प्रभु बैंक 

प्रभु बैंकले बचतमा न्युनतम ३।२५ प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ। त्यस्तै मुद्दतिमा व्यक्तिगत तर्फ ७।५० प्रतिशत र संस्थागत ८।६० प्रतिशत कायम गरेको छ। त्यस्तै कर्जामा आधार दरमा ५ प्रतिशत जोड्ने भनेको छ। 

सिन्धु विकास बैंक 

सिन्धु विकास बैकले बचतमा न्युनतम ४ र अधिकतम ५।५ प्रतिशत तोकेको छ भने मुद्दतिमा व्यक्तिलाई ९ र संस्थालाई ८ प्रतिशत तोकेको छ। त्यस्तै कर्जामा बेस रेटमा ५ प्रतिशत जोड्ने भनेको छ। सिन्धुको बेस रेट ९।२१ प्रतिशत रहेको छ। 

हिमालयन बैंक 

हिमालयन बैंकले बचतमा न्युनतम ४।१५ प्रतिशत र अधिकतम ६।१५ प्रतिशत ब्याज तोकेको छ भने मुद्दतिमा व्यक्तिलाई ८।५० र संस्थालाई ८ प्रतिशत तोकेको छ। 

एभरेष्ट बैंक 

एभरेष्ट बैंकले बचतमा न्युनतम २।५० र अधिकतम ४ प्रतिशत तोकेको छ भने मुद्दतिमा व्यक्तिलाई ७ र संस्थालाई ५ प्रतिशत ब्याज तोकेको छ। त्यस्तै कर्जामा बेस रेटमा ७ प्रतिशत थप्ने भनेको छ। एभरेष्टको बेस रेट ५।५१ प्रतिशत रहेको छ। 

राष्ट्रिय बाणिज्य बैंक 

राष्ट्रिय बाणिज्य बैंकले बचतमा न्युनतम ३।६६ र अधिकतम ५ प्रतिशत ब्याज तोकेको छ भने मुद्दतिमा व्यक्तिलाई ८ र संस्थालाई ८।०६ प्रतिशत तोकेको छ। त्यस्तै कर्जातर्फ बेस रेटमा अधिकतम ११ प्रतिशतसम्म तोकेको छ। आरबीबीको बेस रेट ५।४१ प्रतिशत छ। 

एनएमबि बैंक 

एनएमबि बैंकले बचतमा न्युनतम ४।५२ र अधिकतम ६।५२ प्रतिशत ब्याज तोकेको छ भने मुद्दतिमा व्यक्तिलाई ७ र संस्थालाई ९ प्रतिशत तोकेको छ। त्यस्तै कर्जा दिने क्रममा बेस रेटमा ५ प्रतिशत थप्ने भनेको छ। एनएमबि ले बेस रेट सार्वजनिक गरेको छैन। 

नेपाल बंगालदेश बैंक 

नेपाल बंगलादेश बैंकले बचतमा न्युनतम ४।७६ तोकेको छ भने मुद्दतिमा ८।७६ प्रतिशत तोकेको छ। नेपाल बंगलादेश बैंकले कर्जा दिने क्रममा बेस रेटमा ७ प्रतिशतसम्म जोड्ने भनेको छ भने उसको बेस रेट ५ प्रतिशत रहेको छ। 

माछापुछ्रे बैंक 

माछापुछ्रे बैंकले बचतमा न्युनतम ३।७५ र अधिकतम ५ प्रतिशत ब्याज तोकेको छ भने मुद्दतिमा ८।२५ प्रतिशत ब्याज तोकेको छ। 

सेन्चुरी कमर्शियल बैक 

सेन्चुरी कमर्शियल बैंकले बचतमा ६।२५ प्रतिशतसम्म ब्याजदिने भनेको छ भने मुद्दतिमा ९।२५ प्रतिशत सम्म दिने भनेको छ। त्यस्तै कर्जामा बेस रेटमा अधिकतम ६ प्रतिशतसम्म थप्ने भनेको छ। उसको बेस रेट ७।५५ प्रतिशत रहेको छ। 

लुम्बिनी विकास बैंक 

लुम्बिनी विकास बैंकले बचतमा २ देखि ४ प्रतिशत तोकेको छ भने मुद्दतिमा ९ प्रतिशत र कर्जामा बेस रेटमा ८।२५ प्रतिशत तोकेको छ। लुम्बिनीको बेस रेट ८।१८ प्रतिशत रहेको छ। 

ज्योति विकास बैंक 

ज्योति विकास बैंकले बचतमा ५।२५ प्रतिशत तोकेको छ भने मुद्दतिमा ९।५० प्रतिशत ब्याज तोकेको छ। त्यस्तै कर्जामा अधिकतम बेस रेट ५।५० प्रतिशत तोकेको छ। बैंकको बेस रेट ५।८५ प्रतिशत रहेको छ। 

सनराइज बैंक 

सनराइज बैंकले बचतमा ५।०७ प्रतिशत र मुद्दतिमा १० प्रतिशत ब्याज तोकेको छ भने कर्जामा अधिकतम १४ प्रतिशतसम्म तोकेको छ। सनराइजको बेस रेट ७।०१ प्रतिशत रहेको छ।   

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले साधारण निक्षेपमा ३.५५ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दती निक्षेपमा भने एभरेष्ट बैंकले ४.५ प्रतिशतदेखि ८.५५ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ एसबिआई बैंकको बेस रेट साउन मसान्तसम्म ७.३७ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार बैंकिङ प्रणालीमा करिब १८ अर्ब रुपैयाँ मात्र तरलता रहेको अवस्था छ । बुधबार नै बैंक वित्तीय संस्थाले १३ अर्ब रुपैयाँ बरावरको बैधानिक तरलता सुविधा (एसएलएफ) प्रयोग गरेको अवस्था छ । यो साता सुरु भएपछि मात्र ४ दिनमा बैंक तथा वित्तीय संस्थाले ५८ अर्ब ३६ करोड रुपैयाँ बरावरको एसएलएफ प्रयोग गरेको अवस्था छ । बैंकहरुले चालु आर्थिक वर्षको भदौ ३० गतेसम्ममा ३ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको एसएलएफ उपभोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बिहीबार मात्र २० अर्ब रुपैयाँ बरावरको रिपो जारी गर्ने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved