सेञ्चुरीको मोबाइल एपमा अब रेमिट्यान्स सेवा पनि, यसरी पठाउनुहोस् पैसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 04:33:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले मोबाईल बैकिङ एप सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिटयान्स रकम पठाउँदा मोबाईल बैंकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधामध्ये एक रोज्न सकिने छ ।

यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ । 

साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्न सक्नेछन् ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved