सानिमाको मुद्दती खातामा ९.५१ प्रतिशतसम्म ब्याज पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 05:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले दशैँको अवसरमा दशैं बम्पर योजना सार्वजनिक गरेको छ । 

असोज १ गतेदेखि लागू हुने यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म ब्याजदर मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ । यो खातामा पहिलो वर्षका लागि डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ । 

बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख सम्मको दुर्घटना बीमा, ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक प्रदान गरिने छ बैंकले जनाएको छ ।

सानिमा बंैकले हाल १०४ वटा शखा कार्यालय तथा ९६ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved