सिद्दार्थ बैकंलाई सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले दियो १४५ करोड ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 11:13:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टड बैंक सिंगापुरले ऋण सुविधा स्वीकृत गरेको छ। बैंकले सिंगापुर स्थित स्ट्यान्डर्ड चार्टड बैंकबाट १ करोड २० लाख अमेरिकी डलर अर्थात् करिब १ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋण पाएको हो। 

स्वीकृत ऋण मध्ये ८० लाख अमेरिकी ऋण अर्थात करिब ९५ करोड रुपैयाँ बराबरको सुविधा उपलब्ध भईसकेको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ। 

उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved