नबिल बैंक र नेपाल उद्योग परिसंघको वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 12:48:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited र नेपाल उद्योग परिसंघको  वूमन लिडरसिप फोरम  (CNI – WLF) ले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।  कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो  ।

 कार्यक्रममा फोरम संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस् भन्ने कामना गरेकि छिन्। उनले  वित्तिय पहुँच सँगसंगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिएकी छिन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँगाउँमा पु¥याएर त्यहा उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताए ।

बैंकको संचालक समेत रहेको फोरम सदस्य आशा राणा अधिकारीले  कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पु¥याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताउईन् । 

 नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved