मेगा बैंकले भोजपूरका किसानलाई सहुलियतमा ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 05:23:21 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । 

सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात मेगा बैंकले नगरपालिकाका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ । 

बैंकले कृषकहरुलाई मेगा किसान कार्ड समेत उपलब्ध गराउनेछ । उक्त कार्डमार्फत कृषकहरुले आफुलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु खरिद गर्न सक्नेछन् । 

मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो, जसले किसानहरुलाई कृषि कर्जाको सदुपयोग गर्दे बैंकिङ्ग कारोबार सहज र सरल तरिकाले गर्न सहयोग हुने बैंकको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved