एभरेष्ट बैंकका सीइओ खालिङले शुक्रबारबाट कार्यभार सम्हाल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 05:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल एभरेष्ट बैंक Everest Bank Limited  मा नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले असोज ८ गते शुक्रबारबाट कार्यभार सम्हाल्ने भएका छन्  । कार्यभार सम्हालेसंगै उनी बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने पहिलो नेपाली नागरिक हुने छन् 

बैंकमा  स्थापनाकालदेखि नै भारतीय नागरिक सीइओ हुदै आएका थिए। बैंकमा भारतको पन्जाब नेशनल बैंकको २० प्रतिशत लगानी छ । सोहि कारण पन्जाब नेशनल बैंकले नै एभरेस्ट बैंकमा अध्यक्ष पठाउदै आएको थियो । 

यस अघि बैंकमा  गजेन्द्रकुमार नेगी सीइओ थिए । ४ वर्षको लागि सीइओ भएका उनलाई १७ महिनामै हटाईएको हो । त्यसपछि डा. सान्धर कुमारले कायम मुकायम सीइओको जिम्मेवारि सम्हालिरहेका छन्  । 

सीइओ खालिङ यस अघि सिटिजन्स बैंकमा संचालक थिए । उनले संचालक पदबाट राजिनामा दिईसकेका छन् । त्यसअघि उनी लक्ष्मी बैंकको सीइओ थिए । गत चैत्र मै उनी एभरेष्ट बैंकको सीईओ नियुक्त भएको पनि ६ महिनापछि बल्ल कार्यभार सम्हाल्न लागेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved