सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 06:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited का ग्राहकले सस्तो डिलमा सामान किन्दा छुट पाउने भएका छन् । दशैंंको अवसरमा ग्राहकहरुका लागि छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक भएको हो । 

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम् २ हजार ५ सयसम्म छुट प्राप्त गर्न सकिनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फस्ट कम फस्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना १० असोजदेखि १५ गतेसम्म लागू हुनेछ । 

सानिमा बंैकको हाल १०५ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved