बैंकहरुले ब्याज बढाउँदा पनि बढेन निक्षेप, तीन गुणाले बढ्यो कर्जा लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 05:48:23 PM मा प्रकाशित

laxmi sunrise bank

बैंकिंङ प्रणालीमा एक सातामा निक्षेपको तुलनामा कर्जा प्रवाह झन्डै तीन गुणाले बढेको छ। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिए का अनुसार एक सातामा निक्षेपको तुलनामा कर्जा प्रवाह तीन गुणाले बढेको हो। 

एनबिए का अनुसार असोजको पहिलो साता अर्थात असोज ८ गतेसम्म बैंकहरुको निक्षेप ९ अर्बले बढ्दा कर्जा लगानी ३१ अर्बले बढेको छ। यस तथ्यांकले एकातर्फ पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा प्रवाह उल्लेख्य रुपमा बढेको देखाएको छ।  

अर्कोतर्फ निक्षेप तान्न बैंकहरुले बचत तथा मुद्दतिमा बढाएको ब्याजको प्रभाव कम देखिएको छ। ब्याजदर बढाएपनि निक्षेप अपेक्षाकृत रुपमा नबढ्दा तरलता व्यवस्थापनमा चुनौती थपिएको बैंकरहरुको भनाई छ।      

असोज ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४१ खर्ब ८० अर्ब रहेको छ भने कर्जा प्रवाह ३९ खर्ब ३ अर्ब रहेको छ । अघिल्लो साता अर्थात भदौ ३१ गतेसम्म बैंकहरुले ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन गरि ३८ खर्ब ७२ अर्ब कर्जा प्रवाह गरेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved