
 2mb (1).gif)
बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited का ग्राहकले सरल किस्ताबन्दीमा सामसुङको सामानहरु खरिद गर्न सक्ने भएका छन् । आउदै गरेको चाडपर्वलाई लक्षित गर्दै बैंकले बैंकका क्रेडिट कार्ड बाहक ग्राहकलाई शुन्य प्रतिशत ब्याजदरको सुबिधामा सामसुङ कम्पनीको स्मार्ट फोन, स्मार्ट वाच, तथा ट्याब्लेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न ब्यबस्था गरेको हो ।
बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच बैंक क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सामसुङ कम्पनीको स्मार्ट फोन, स्मार्ट वाच, तथा ट्याब्लेटहरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो । बैंकका अनुसार यस योजनाको लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्ने छन्। यस योजनामा ग्राहकले शुन्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउने बैंकले जनाएका छन् ।
नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि.काठमाण्डौंमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।