एनएमबि बैंकले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतसम्म ब्याज दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 10:46:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  ले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले यस योजना अन्तर्गत ग्राहकलाई  मुद्धतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने जनाएको छ । 

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी अर्थात् एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्ने बैंकले उल्लेख गरेको छ । यस मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।  

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved