लाङटाङखोला जलविद्युत आयोजनामा लगानी जुट्यो, सनराइजको अगुवाईमा ३ बैंकले लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 06:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविधुत आयोजना” को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ। उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्घार्थ बैंक तथा एन.सी.सी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्घारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ । 

सोमबार प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा. लि र बैंक बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था, नेपालका अध्यक्ष समेत रहेका कृष्ण प्रसाद आचार्य   यस कम्पनीका अध्यक्ष हुन्। 

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैँया अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विधुत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विधुत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । 

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विधुत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ । 

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यु (बील अफ क्वान्टिती) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved