नबिल बैंक लगातार दोस्रो पटक 'नेपालमा लिडिङ पार्टनर बैंक' अवार्डबाट सम्मानित

Nabil Bank Limited

Nabil Bank Limited

Sep 29, 2021 | 08:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक लगातार दोस्रो पटक एशियाली बिकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित भएको छ। एशियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा २०२१ का लागि नबिल बैकं लगातार दोस्रो पटक सम्मानित भएको हो। 

यहि अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो। एशियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम द्वारा द्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ। 

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ । 

एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो  । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved