सनराइजले ल्यायो ‘पेरोल लोन’ सुविधा, बिना धितो १५ लाखसम्म ऋण पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 04:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल ऋण योजना ल्याएको छ । यस योजना अन्र्तगत सनराइज बैंकमा पेरोल सेभिङ खाता भएका ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्नेछन् । 

योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको र रु १० लाख सम्मको ट्रम लोन  गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने छन् । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । 

साथै सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । 

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved