सानिमा बैंकको शाखा ललितपुरको सानेपा र हरिसिद्धिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 02:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत  भुवन दहालले संयुक्त रुपमा गरेका हुन्। हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका हुन् ।

शाखा उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन्। बैंकको सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved