शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 02:35:49 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज १६ गते शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले १६ गते शनिवार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ ।

विकास ऋणपत्र २०८६  'क' को ब्याज भुक्तानी प्रयोजनको लागि  आरटीजीएस प्रणाली सुचारु रहने भएको हो।

आरटीजीएस  भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved