
एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले भाइबर स्टिकर सार्वजनिक गरेको छ ।
हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको भाइबर स्टिकरमा बैंकले एनआईसी एशिया भाइबर क्वीज बज योजना ल्याएको छ । यसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा उपहारहरू जित्न सक्नेछन् ।
आश्विन १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने यो योजनामा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् ।
हरेक दिन ४ जनाले ५०० को मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।
प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागीले सही जवाफ दिनुपर्ने हुन्छ । धेरै सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ ।
बैंकले हाल ३५६ शाखा, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।