मेगा बैंकका ग्राहकलाई ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 02:26:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited का ग्राहकले ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट पाउने भएका छन् । ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै मेगा बैंकको सहकार्यमा यो अफर ल्याएको हो।

कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको हो ।कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने भएको छ ।

कम्पनीले बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको जनाएको छ । कम्पनीले मेगा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्ने उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved