बैंकर संघको साधारणसभा कात्तिकमा: अध्यक्षमा उपाध्यायको सम्भावना, ५ सदस्यको निर्वाचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 09:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिए को बार्षिक साधारण आगामी कात्तिकको अन्तिम सातामा हुने भएको छ। उक्त साधारणसभाले अध्यक्ष सहित कार्यसमितिका ६ जना नयाँ सदस्यको तय गर्ने जनाईएको छ। 

हाल एनबिए का अध्यक्ष रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत, सीईओ भुवन दाहालको दुई बर्षे कार्यकाल पुरा हुने भएकाले कात्तिक अन्तिममा हुने साधारणसभाले अध्यक्ष चयन गर्ने भएको छ। 

एनबिए मा बहालवाला उपाध्यक्ष अध्यक्ष हुने अभ्यास रहेकाले हाल उपाध्यक्ष रहेका कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय आगामी बार्षिकधारणसभाबाट अध्यक्ष हुने विश्लेषण गरिएको छ।   

सामान्यतया उपाध्यक्ष नै अध्यक्ष हुने अभ्यास रहेकाले अन्तिम समयमा कसैले दाबेदार नगरे उपाध्यक्ष पदमा रहेका अनिल उपाध्याय नै स्वत: अध्यक्ष बन्ने एक बैंकका सीईओ ले बिजपाटीलाई बताए। 

यस अगाडी नेपाल एसबिआईका सीईओ भारतीय नागरिक भएकाले उनि स्वत अध्यक्ष हुन नसकेको तर नेपालकै नागरिक सीईओ भएकाले त्यो अवस्था नदोहोरिने ती बैंकका सीईओ को दाबी छ। 

त्यस्तै सदस्यका रुपमा रहेका नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्यालको पनि दुई बर्षे कार्यकाल पुरा भईसकेकाले उनको ठाउँमा पनि अर्का एक जना सदस्यमा आउनेछ। सनराइज बैंकको सीईओ पदबाट जनक शर्माले राजिनामा दिएपछि उनको सदस्य पद पनि खालि रहेको छ। 

मेगा बैंककी अनुपमा खुँजेली र एनएमबि बैंकका सुनिल केसी नेपाल बैंकका कृष्णबहादुर अधिकारीको पनि एक कार्यकाल पुरा भएको छ। उनीहरुको ठाउँमा पनि उनीहरु नै दोहोरिने वा नयाँ अनुहार आउने देखिन्छ। 

अध्यक्ष बन्नलाई सबैको रहर हुने भएपनि कोभिड १९ को यो जटिल अवस्थाका कारण एनबिए को नेतृत्त्वमा आउँनलाई धेरै सीईओले इच्छा जनाएका छैनन्। अर्थमन्त्रालय, राष्ट्र बैंक, मिडिया लगायतका सरोकारवालाहरुको नजरमा रहिरहने र अरु सामान्य अवस्था भन्दा अहिले जिम्मेवारी बढी हुने भएकाले धेरै सीईओले अध्यक्षमा दाबेदारी गर्ने सम्भावना कम भएकाले सहमतिमा नै अध्यक्ष चयन हुने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved