Election 2079 Worldcup 2022

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 10:37:14 AM मा प्रकाशित

laxmi bank

 माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैँकले २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । 

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको जनाएको छ ।  जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ(कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको  क्यास ब्याक पाउन सक्ने बैंकले उल्लेख गरेको छ । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रदान गरी रहेको बैंकले जनाएको छ । 

बैंकले डेबिट र  क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने जनाएको छ ।  

 बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग शेयरधनि, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गदैँ आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved