गत साता यस वर्ष कै धेरै निक्षेप संकलन, कर्जा प्रवाह पनि वर्ष कै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 05:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिंङ प्रणालीमा एक सातामा निक्षेप र कर्जाको वृद्धि समान देखिएको छ ।  बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार एक सातामा निक्षेपको तुलनामा कर्जा प्रवाह १ अर्ब मात्र बढी देखिएको छ । 

एनबिएका अनुसार असोजको दोस्रो साता अर्थात असोज १५  गतेसम्म बैंकहरुको निक्षेप ३८ अर्बले बढ्दा कर्जा लगानी ३९ अर्बले बढेको छ। यस तथ्यांकले बैंकहरुले ब्याजदर बढाएपछि बैंकहरुमा निक्षेप पनि बढ्दै गएको देखिएको छ। गत साता भएको निक्षेप वृद्धि चालु आर्थिक वर्ष सुरु भएदेखि कै एक सातामा देखिएको सर्वाधिक वृद्धि हो । त्यस्तै गत साता प्रवाह भएको ३९ अर्ब कर्जा पनि चालु आर्थिक वर्ष सुरु भएदेखि कै एक सातामा देखिएको सर्वाधिक वृद्धि हो । 

असोज १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १८ अर्ब रहेको छ भने कर्जा प्रवाह ३९ खर्ब ४२ अर्ब रहेको छ । अघिल्लो साता अर्थात असोज ८ गतेसम्म बैंकहरुले ४१ खर्ब ८० अर्ब निक्षेप संकलन गरि ३९ खर्ब ०३ अर्ब कर्जा प्रवाह गरेका थिए । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved