केवाईसी अपडेट गर्न र दोहोरो खाता बन्द गर्न माछापुच्छ्रे बैंकको आग्रह, नगरे खाता रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 10:00:46 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई ग्राहक पहिचान विवरण (KYC) अनिवार्य रुपमा अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले विभिन्न मितिमा यसबारे सार्वजनिक सूचना प्रकाशित गरिएकोमा केही ग्राहकले हालसम्म अद्यावधिक नगरेकोले आफ्नो खाता रहेको शाखा वा आफुलाई पायक पर्ने शाखामा यथाशिघ्र सम्पर्क राखी तोकिएको फारम भरी ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्न अनुरोध गरेको हो। 

 सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नियमावली तथा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाले बमोजिम सबै ग्राहकले ग्राहक पहिचान विवरण (KYC) अनिवार्य रुपमा अद्यावधिक  गर्नु पर्ने ब्यबस्था गरेकोले।

त्यस्तै बैंकले दोहोरो खाता बन्द गर्न र एक भन्दा बढी डेविट कार्ड भए एउटालाई रद्द गराउन समेत आग्रह गरेको छ । बैंकएल भनेको छ ' नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशन बमोजिम प्राकृतिक व्यक्तिको नाम स्वदेशी मुद्रामा सञ्चालन हुने एउटै प्रकृतिको एक भन्दा बढी खाता (मुद्धती खाता, सामाजिक सुरक्षा तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट अनुदान वितरण हुने खाता, पेन्सन वितरण प्रयोजनको खाता एवम् नाबालकको खाता तथा एक कार्ड मात्र जारी हुने गरी खोलिएको संयुक्त खाता बाहेक) खोल्न नपाईने तथा एउटै प्रकारको एक भन्दा बढी डेविट कार्ड जारी गर्न नमिल्ने प्रावधान बमोजिम हालसम्म त्यस्तो प्रकारको दोहोरो खाता बन्द तथा डेविट कार्ड रद्द नगराउनु भएका ग्राहक महानुभावले यथाशिघ्र सम्बन्धित शाखामा सम्पर्क राखी दोहोरो खाता बन्द तथा दोहोरो डेविट कार्ड रद्द गराउन हुन अनुरोध गर्दछौं।'

अन्यथा त्यस किसिमका खाता तथा डेविट कार्ड स्वतः निष्कृय भई रोक्का  राखिने बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved