नबिल बैंकको दशैं धमाका अफर: बैंकको कार्ड घोटेर सपिङ गर्दा 'ब्यापक छुट'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 08:50:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ। यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन। 

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा दश प्रतिशत छुट वा अधिकतम तीन सयसम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिन लागु हुने बैंकले जनाएको छ। 

त्यस्तै बैंककाअनुसार किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५०० सम्म क्यासब्याक पाउन सक्नेछन। किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने छ। दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम रु ५०० रुपैयाँसम्म पाउन सक्नेछन ।

यस अफर मार्फत नबिल बैंकले आफ्नो ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्श ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्नेछन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved