वार्षिकोत्सवमा सनराइज बैंकद्वारा विभिन्न संघ संस्थालाई सहयोग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 06, 2021 | 06:06:43 PM मा प्रकाशित

laxmi bank

सन्राइज बैंक Sunrise Bank Limited ले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरे ।

बैंकले बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष  आउदै गरेको दशैंमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद १ लाख ५० हजार सहयोग गरेको हो ।

बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई नगद र खाद्यसामाग्री वितरण गरेको छ । यसै गरी बैंकको लुुम्बिनी प्रदेशबाट वीरेन्द्र मा.वि, रुपन्देहीको दृष्टि बिहिन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेको छ ।

बैंकको वीरगंज शाखाको सहभागितामा भिश्व डाँडामा र बैंकको लम्की शाखा, भजनी शाखा र टीकापुर शाखाको सहभागितामा टीकापुरको शिव मन्दिर सरसफाई गरेको छ । उक्त कार्यक्रमहरुमा नियमित सरसफाई कायम राख्न डस्टबिन लगायतका सरसफाईका सामाग्रीहरु पनि हस्तान्तरण गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved