नेपाल बैंकमा खाता खोल्दा टेलिकमको सिम निशुल्क , यस्ता छन् ४ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 08:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले चाडपर्वको अवसर पारेर दुई वटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल टेलिकमको सहकार्यमा यी योजना ल्याएको हो । 

सहकार्य समबन्धि सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र बैंकको तर्फबाट बैंकका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत बैंकले बिद्यार्थीहरु र दम्पत्तीहरुलाई लक्षित गरि ल्याएको नयाँ बचत खाता “शुभज्ञान वचत”  खाता खोल्दा विद्यार्थीहरुलाइ र “सहयात्री वचत”  खाता खोल्दा दम्पत्तीहरुलाइ ४ वटा वम्पर अफरहरु प्रदान गर्ने भएको छ । बैंकका अनुसार शुन्य व्यालेन्समा “शुभज्ञान बचत खाता” र रु. ५०० न्यूनतम व्यालेन्समा “शहयात्री वचत खाता” खोल्न सकिने छ, जसमा नेपाल टेलिकमको निशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् ।

बैंकका अनुसार सो खाताहरु खोलि कारोवार गर्दा बिद्यार्थी र दम्पत्तीहरुले निम्न बमोजिमका सुविधाहरु पाउने छन् ।

अफर  १ :नेपाल टेलिकमको निशुल्क सीम (विद्यार्थी र दम्पत्तिलाइ) ।

अफर २: सिम एक्टिभ भएको मितिले एक महिना सम्म हरेक दिन १० एसएमएस, १०० एमबि डाटा र ४० मिनेट नेट भ्वाइस टक टाइम निःशुल्क उपलब्ध हुने ।

अफर ३: नेपाल बैंकको मोवाइल बैकिङ्ग एप चलाउदा १ बर्षसम्म इन्टरनेट शुल्क नलाग्ने ।

अफर ४: यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ नेपाल बैंकले थप १ महिनाको लागि १ जि.वि. डाटा निःशुल्क उपलब्ध गराउने ।

सीमित अवधिका लागि लागू हुने यी अफरहरु नेपाल बैंकमा खाता खोल्ने बिद्यार्थी र दम्पत्तिहरुलाई मात्र लागू हुने बैंकले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved