आरोप लाग्दैमा बैंकको अध्यक्ष पदबाट राजिनामा दिनुपर्छ भन्ने छैन : राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 10:49:18 AM मा प्रकाशित

laxmi  sunrise bank

इच्छाराज तामाङ ठगि आरोपमा पक्राऊ परेपछि सिभिल बैकमा उनको अध्यक्ष पद के हुन्छ भन्ने चाँसो बढेको छ। ठगि आरोपमा पक्राऊ परेका तामांङले नैतिकताको आधारमा बैंकको अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने अवाज बलियो बन्दै गएको छ।

नैतिकताको आधार देखाएर राजिनामा दिनुपर्ने भनीएपनि आरोप लाग्दैमा दोषी ठहर नहुने भएकाले कानुनी आधारमा तामाङले सिभिल बैंकको अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

"आरोप लाग्दैमा वा पक्राउ पर्दैमा कोहि व्यक्ति संचालक बन्न वा अध्यक्ष बन्न पाउदैन भन्ने कुरा कानुनमा छैन, बैंक वित्तीय सँस्थालाई नियमन गर्न बनेको कानुन 'बाफिया' ले पनि दोषी ठहर हुनुपर्ने भनेको छ" राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकालले भने, "सिभिल बैंकको अध्यक्षको लागि पनि यहि कुरा लागू हुन्छ, पक्राउ पर्दैमा उनले राजिनामा दिनुपर्छ भन्ने छैन।"

दोषी ठहर भएमा संचालक पदमा बस्न पाइदैन भन्ने कानुन भएकाले उनि दोषी ठहर भए भने त्यो बेला संचालक तथा अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने भएपनि  सेयरधनी नै बन्न नपाइने भन्ने नहुने प्रवक्ता ढकालले बताए। 

प्रवक्ता ढकालका अनुसार राज्यको कुनै निकायले सेयर रोक्का गर्न वा सेयर बेचेर दायित्व पुरा गर्नलाई निर्देशन दिएको अवस्था बाहेक कानुन त उनले आफुसंग भएको सेयर बिक्रि गर्न बाध्य हुदैनन्। 

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका निक्षेपकर्ताले आफुहरुको ७० करोड ठगि गरेको भन्दै उजुरी दिएकाले केन्द्रिय अनुसन्धान ब्युरो सीआईबि ले उनलाई पक्राउ गरि अदालतको अनुमति लिएर थप अनुसन्धानको लागि तामाङलाई अहिले जेल राखिएको छ।

तामाङ लगायत अरु १२ जनामाथि संगठित रुपमा सहकारी ठगी गरेको आरोप लागेको छ। १३७ जना निक्षेपकर्ताले आफुहरुको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved