नेपाल इन्भेष्टमेण्ट बैंकको ८८ औँ शाखा बाराको सिम्रौनगढमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 04:03:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिँदै आएको छ । 

५ पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved