मध्यबानेश्वर र बोडेसहित कपिलबस्तुको जीतपुरमा पनि सानिमाको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 04:31:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहिबार कपिलवस्तुको जीतपुरमा र शुक्रबार काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।

जीतपुर शाखाको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले गरे । 

मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार के.सी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले संयुक्त रुपमा गरे भने बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे ।

सानिमा बंैकले हाल ११२ शाखा कार्यालय र ९७ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved