मेगा बैंकका कार्ड प्रयोगकर्तालाई फेस्टिभ अफर, यस्ता छन् सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 03:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । 

मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो । 

मेगा बैंकमा खाता खोली पहिलोपटक ई–कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने भएको छ ।

असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । 

यसैगरी, चाडपर्वभर मेगा बैंकले इ–कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved