बैंकहरुले ग्राहकको लागि उपहार,चिठ्ठा, प्रतियोगिता, पुरस्कार कार्यक्रम गर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 11:22:29 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले आज सोमबार एकिकृत निर्देशन जारी गर्दै निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने ब्यबस्था गरेको हो। 

जस अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार, चिठ्ठा, प्रतियोगिता, पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाउने छैनन्।

पहिले के थियो ब्यबस्था ?

निक्षेप संकलन कार्यलाई आकर्षक बनाउन उपहार सम्बन्धी कार्यक्रम सञ्चालन गर्न नपाईने सम्बन्धमा । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्दा सुन चाँदीका सिक्का लगायत कुनै पनि किसिमका उपहारहरु प्रदान गर्न पाइने छैन ।

अब के भयो ?

निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने सम्बन्धमा । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार÷चिठ्ठा÷प्रतियोगिता÷पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved