बैंकहरुको ब्याज युद्दबारे के भन्छ राष्ट्र बैंक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 12:14:15 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि बैंकहरुले सहकारीकै हाराहारीमा ब्याज अफर गरेपछि सिंगो बैंकिंङ क्षेत्र प्रभावित भएको छ। एनआईसी एसिया लगायत केहि बाणिज्य बैंकहरुले बचतमा र मुद्दती निक्षेपको ब्याज ह्वात्तै बढाएपछि सिंगो बैंकिंग क्षेत्र नै प्रभावित भएको हो। 

एनआईसी एसियाले एक बर्षको अन्तरालमा बचतमै झन्डै ५ गुणाले ब्याज बढाएर ८.०१ प्रतिशत पुर्याएपछि र कर्जाको ब्याजदर पनि झन्डै सहकारीको हाराहारीमा पुर्याएपछि अरु बैंक वित्तीय संस्थाहरु पनि ब्याज बढाउँन बाध्य भएका छन्। 

एक महिनाकै अन्तरालमा एनआईसी एसियाले झन्डै ३० प्रतिशतले ब्याज बढाएको छ भने एनआईसी एसियालाई अरु तीन बाणिज्य बैंक नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंकले पनि पछ्याएका छन्। 

यी बैकहरुले आक्रामक रुपमा ब्याजको दर बढाउँदा कम्तिमा पनि आफुसंग भएको निक्षेप बचाएर कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्नलाई पनि अरु बैंकहरु ब्याजदर बढाउँन बाध्य भएका छन्। सबै बैंकहरुले ब्याजको दर बढाउँदा विकास बैक र फाइनान्स हरु पनि ब्याज बढाउँन बाध्य भएका छन्।    

बचत र मुद्दतिको ब्याज बढेपछि स्वत कर्जाको ब्याज बढ्ने र यसले ऋणको लागत महँगो पर्न जाने र समग्र अर्थतन्त्रमै मुल्य वृद्धि बढ्ने भएकाले अन्तत: उपभोक्ता नै मारमा पर्ने भएपछि अहिलेको अवस्था रोक्नलाई नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने माग उठेको छ। 

तर खुलामुखी अर्थतन्त्र भएको नेपालजस्तो देशमा आफुहरुले चाहेर पनि बैंकहरुले बढाएको ब्याजमा हस्तक्षेप गर्न नसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। पटक पटक ब्याजदर बढाएर बैंक वित्तीय क्षेत्रमा अस्थिरता नल्याउनलाई आफुहरुले सुझाव दिएपनि हस्तक्षेप नै गर्न नमिल्ने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बिजपाटीलाई बताए। 

"बैंक वित्तीय क्षेत्रमा अस्थिरता आउने गरि कुनै पनि गतिबिधि नगर्नलाई सचेत गराएकै थियौं" प्रवक्ता ढकालले भने, "अहिले सार्वजनिक भएको ब्याजदरबारे हामीले पनि चाँसो दिएका छौँ, नजिकबाट अध्ययन गरिरहेका छौँ, आवश्यक परेका बेला उचित कदम चाल्छौं।"

अवस्था सकारात्मक भएकाले अहिले पैसा तान्नलाई ब्याज बढाउँन हतारो नगर्नलाई सल्लाह सुझाव दिएको ढकालले बताए। बैंकिंङ प्रणालीमा झन्डै ४४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको, रेमिट्यान्स आप्रवाह पनि बढिरहेको, दशैंको लागि बाहिरिएको पैसा पनि बिस्तारै बैंकिग प्रणालीमा आउंदै गरेको, सरकारी खर्चपनि उल्लेख्य मात्रामा बढिरहेको लगायतका सकारात्मक कुराहरुबारे भएकाले संयमता अपनाएर काम गर्नलाई बैंकहरुलाई भनेको उनले बताए।

सकेसम्म दिर्घकालिन, नसके कम्तिमा तीन- छ महिनासम्म ब्याज स्थिर रहने गरि योजना बनाउनलाई सचेत गराएको समेत प्रवक्ता ढकालले बताए। यहि कुरालाई सहि दिशा दिनलाई एकीकृत निर्देशन संसोधन तथा परिमार्जन गरेर तीन महिनासम्म एकीकृत आधारदरको आधारमा मात्र कर्जाको ब्याजदर तय गर्नलाई निर्देशन दिएको ढकालले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved