केहि बैंकले सहकारीको जति ब्याज तोकेपछि के गर्दैछन् विकास बैंक र फाइनान्स ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 02:20:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया लगायतका चारवटा कमर्शियल बैंकले करिब करिब सहकारीकै हाराहारीमा ब्याज पुर्याएपछि विकास बैंक र फाइनान्सले के गर्छन भन्ने चाँसो बढेको छ। एनआईसी एसिया लगायत चारवटा कमर्शियल बैंकले बचत, मुद्दती निक्षेप र कर्जा लगानीको ब्याजदर सहकारीको जति पुर्याएपछि यस्तो चाँसो बढेको हो। 

असोज महिनाको तुलनामा झन्डै ३० प्रतिशतले बढाएर एनआईसी एसियाले नयाँ ब्याजदर सार्वजनिक गरेपछि विकास बैंक र फाइनान्स कम्पनीहरुले अब के गर्छन भन्ने चाँसो बढेको हो। 

एनआईसी एसिया, लक्ष्मी, कुमारी र नेपाल बंगलादेश बैंकले मुद्दती निक्षेप र कर्जा लगानीको ब्याजदर डबल डिजिट कायम गरेका छन्। एनआईसी एसियाले एक बर्षको अन्तरालमा बचतमै झन्डै ५ गुणाले ब्याज बढाएर ८.०१ प्रतिशत पुर्याएपछि र कर्जाको ब्याजदर पनि झन्डै सहकारीको हाराहारीमा पुर्याएपछि अरु बैंक वित्तीय संस्थाहरु पनि ब्याज बढाउँन बाध्य भएका छन्। 

यी बैकहरुले आक्रामक रुपमा ब्याजको दर बढाउँदा कम्तिमा पनि आफुसंग भएको निक्षेप बचाएर कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्नलाई पनि अरु बैंकहरु ब्याजदर बढाउँन बाध्य भएका छन्। सबै बैंकहरुले ब्याजको दर बढाउँदा विकास बैक र फाइनान्सहरु के गर्छन् भन्ने चाँसो बढेको हो। 

तर बिकास बैंकहरुको सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियन नेपालका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेलले विकास बैंकहरु हिजोका दिनमा पनि संयमित भएर काम गरेकाले अहिले पनि आफुहरुले त्यो पथ नछाड्ने बताएका छन्। 

असोजको ब्याजदर सार्वजनिक गर्ने क्रममा केहि कमर्शियल बैंकले अफर गरेको ब्याजको दर विकास बैंकको भन्दा बढी नै भएपनि आफुहरुले संयमित भएर ब्याज बढाउने प्रतिस्पर्धा नगरेकाले अहिले पनि आफुहरु संयमित हुने उनले बताए। 

"खुला अर्थतन्त्र छ भन्दैमा कसैले पनि प्रणाली बिगार्ने काम गर्नुहुदैन र अहिलेपनि बैंकिंङ प्रणाली बिग्री हाल्ने गरि कसैले पनि कुनै काम गरेको छैन" पोखरेलले भने, "तर कसैले प्रणाली नै बिगार्ने गरि ब्याजदर उल्लेख्य रुपमा बढाउँछ भने विकास बैंकहरु पनि यहि प्रणालीका पात्र भएकाले ब्याज बढाउनुको बिकल्प छैन।"

एकाध बैंकले प्रणाली बिगार्ने काम गर्दा नियामक नेपाल राष्ट्र बैंकले पनि त्यसमा आफ्नो चाँसो दिने भएकाले भोलिका दिनमा प्रणाली नै बिगार्नेगरि कसैले काम नगर्ने उनको बिश्वास छ। 

त्यस्तै फाइनान्स कम्पनीहरुले पनि संयमता अपनाएकै भएर असोजको ब्याज सार्वजनिक गर्ने क्रममा बैंक र विकास बैंक भन्दा पहिला त्यो पनि सम्हालिएको ब्याजको दर सार्वजनिक गरेको फाइनान्स कम्पनीहरुका छाता संगठन नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजि तुलाधारले बताए। 

"हिजो असोजको ब्याज दर सार्वजनिक गर्ने क्रममा फाइनान्स कम्पनी संयमित भएकै हो, अनुशासन देखाएकै हो" गुडविल फाइनान्सका सीईओं समेत रहेका तुलाधारले भने, "सार्वजनिक भईसकेको ब्याजको दरमा हस्तक्षेप गर्न ढिलाई भईसकेको छ, अहिले केहि बैंकले बढाउंदैमा फाइनान्स कम्पनी त्यसको पछाडी लागेर ब्याज बढाउदैनौं तर प्रणाली नै बिगार्ने गरि अगाडी बढ्यो भने हामि पनि त्यहि अनुसार अगाडी बढ्छौं।"

आफुहरुले असोजको लागि ब्याजदर सार्वजनिक गर्दा नै ब्याजको दर बढाउने प्रतिस्पर्धामा लाग्नु हुदैन भन्ने संदेश दिएको तर अहिले बैंकहरुले ब्याजदर सार्वजनिक गरिसकेकाले हस्तक्षेप पनि ढिला भईसकेको तुलाधारको भनाई छ।  

अहिले फाइनान्स कम्पनीहरुले अफर गरेको ब्याजको दर साढे १० देखि ११ प्रतिशतभित्र रहेको छ भने विकास बैंकहरुको पनि करिब करिब उस्तै रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved